Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

आज विश्वकप छनोटमा नेपालले यमनसँग खेल्दै, दर्शकलाई निःशुल्क बस

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर ५ गते २०८०
आज विश्वकप छनोटमा नेपालले यमनसँग खेल्दै, दर्शकलाई निःशुल्क बस

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ । समूह 'एच' अन्तर्गतको यो खेल काठमाडौंको दशरथ रंगशालामा बेलुकी ७ बजे हुने छ ।

नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न रुटमा १५ वटा बसको व्यवस्था गरिएको जनाएको छ । नेपाल र यमनको खेल हेरिसकेपछि घरसम्म पुग्न दर्शकलाई सहज होस् भनेर निःशुल्क बसको ब्यवस्था गरिएको छ । अखिल बस सेवाका लागि दर्शकहरुले टिकटको अर्धकट्टी देखाउनु पर्नेछ ।

Add a new comment