Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

रास्वपाका मन्त्रीहरुले आज राजीनामा दिने, नयाँ गठबन्धन सरकारमा सहभागी नहुने निर्णय

मेरो आर्थिक
मेरो आर्थिक
असार २० गते २०८१
रास्वपाका मन्त्रीहरुले आज राजीनामा दिने, नयाँ गठबन्धन सरकारमा सहभागी नहुने निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले आज राजीनामा दिँने भएका छन् । आज बिहान ८ बजे सामुहिक राजीनामा दिने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।
बुधबार आफ्नो पाटीैको करीब १२ घण्टा लामो बैठक बसेको रास्वपाले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिएको हो । मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरेको थियो ।

नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेको बुझिएको छ।
हाल सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।
यता बुधबार नैं नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।

Add a new comment