सेयर बजारमा उकालोको यात्राले निरन्तरता, करिब ६ अर्बको कारोबार : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

सेयर बजारमा उकालोको यात्राले निरन्तरता, करिब ६ अर्बको कारोबार

मेरो आर्थिक मेरो आर्थिक असार २० गते २०८१

बुधबार नेपाली सेयर बजारमा उकालोको यात्राले निरन्तरता पाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्स परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ विन्दुमा पुगेको छ । नेप्सेमा ०.१८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.१३ अंकले बढेर ३७२.८५ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ५ वटामा हरियो लागेको छ । बाँकी रहेका ८ वटामा भने रातो लागेको छ। यसदिन कुल ३१४ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ७१ लख ३४ हजार ८२ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब ८३ करोड ५ लाख २८ हजार ९३५ रुपैयाँ १७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको २३ करोड १ लाख ७७ हजार ७७४ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै चिरख्वा हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ४.७० प्रतिशतले घटेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?