फागुन १५ गते २०८२ --:--:--
मेनु

राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा सचिव राय

मेरो आर्थिक मेरो आर्थिक पौष २८ गते २०७९ ९:४९ AM
राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा सचिव राय

नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा अर्थ मन्त्रालयका सचिव तोयम रायले शपथ लिनुभएको छ ।

सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव उक्त बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।

सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रारद्वय नारायणप्रसाद पन्थी र निर्मला पौडेल, नेपाल राष्ट्र बैंकका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायत अधिकारीको उपस्थिति थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?