Skip to content
logo
मंसिर ६ गते २०८१ समयः

राष्ट्रिय वाणिज्य बैंकको शेयरधनीलाई लाभांश पारित

मेरो आर्थिक
मेरो आर्थिक
माघ २ गते २०७९
राष्ट्रिय वाणिज्य बैंकको शेयरधनीलाई लाभांश पारित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार सम्पन्न साधारणसभाले १२.५० प्रतिशत लाभांश (नगद ७.५०) र बोनस शेयर ५ प्रतिशतसहितको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

साधरणसभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपैंया नगद र ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैंया बरावरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ । यसपछी बैंकको कूल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैंया हुने छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको थियो । सो वार्षिक साधारणसभामा अध्यक्ष डा. पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए ।

Add a new comment