फागुन १५ गते २०८२ --:--:--
मेनु

कुमारी बैंकका ग्राहकलाई स्पार्क हेल्थ होको सेवामा छुट

मेरो आर्थिक मेरो आर्थिक माघ २ गते २०७९ ११:१४ AM
कुमारी बैंकका ग्राहकलाई स्पार्क हेल्थ होको सेवामा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबीच ग्राहकलाई बिषेश छुट दिने सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबीच सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पत्रमा कुमारी बैंकका डिजिटल मार्केटिंग प्रमुख अर्पण पौडेल तथा स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हरी शरण रिजालले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गबाट गर्दा उपचार खर्च तथा औषधि सेवाहरूमा १० प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?