फागुन १५ गते २०८२ --:--:--
मेनु

नबिल बैंकको दोस्रो त्रैमासको नाफा

मेरो आर्थिक मेरो आर्थिक माघ ८ गते २०७९ ६:०२ AM

नबिल बैंकले चालू आर्थिक वर्ष २०७९/८० पुस मसान्तसम्मको त्रैमासिक ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५६.६७ प्रतिशतको वृद्धि हो । गत वर्षको यही अवधिको तुलनामा ५६.०६ प्रतिशतले बढेर सञ्चालन नाफा ४ अर्ब ८६ करोडभन्दा माथि पुुगेको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

दोस्रो त्रैमासिक बैंकको ब्याज आम्दानी बढ्दा नाफा बढेको देखिन्छ । बैंकले खुद ब्याज नाफामार्फत ७ अर्ब ८३ करोडभन्दा बढी आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ८५.६३ प्रतिशतले बढी हो । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.३३ रुपैयाँ पुुगेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँभन्दा माथि छ । हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?