फागुन १५ गते २०८२ --:--:--
मेनु

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र निष्कासन

मेरो आर्थिक मेरो आर्थिक माघ १५ गते २०७९ ९:४७ AM
स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र निष्कासन

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्नेगरी ऋणपत्र निष्कासन गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित निकायबाट आवश्यक स्वीकृती प्राप्त गरि यो ऋणपत्रको प्रति इकाई मूल्य रु।१००० रहने बैंकले जनाएको छ । ऋण पत्रको अवधि ५ वर्ष हुनेछ ।

यस सम्बन्धी सम्पूर्ण कार्य एनआइबिएल एस क्यापिटलले गर्ने गरी सम्झौता भएका बैंकले जनाएको छ । निष्कासन हुने कूल रकम मध्ये १.४४ मिलियन युनिट बराबरको ऋणपत्र निजी तवरमा र ९६० हजार युनिटबराबरको ऋणपत्र सर्वसाधारण लगायत म्युच्युअल फण्डहरुको लागि बाँडफाँट गरिने जनाइएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा संचालित एकमात्र अन्तर्राष्ट्रिय बैंक हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?