माघ २२ गते २०८२ --:--:--
मेनु

विमानस्थलबाट सुनसहित क्यानडाका नागरिक पक्राउ

मेरो आर्थिक मेरो आर्थिक माघ १९ गते २०७९ ९:१० AM
विमानस्थलबाट सुनसहित क्यानडाका नागरिक पक्राउ

नौ किलोग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडाका नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् यूएइको दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौँ आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो । घट्नाबारे अनुसन्धान भइरहेको पोखरेलले बताउनुभयो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?