आजबाट नेपाल टेलिकमको फाइभजी परीक्षण
मेरो आर्थिक
माघ २२ गते २०७९
समयः ६:५६ am
नेपाल टेलिकमले आजबाट फाइभजी सेवाको आन्तरिक परीक्षण सुरु गरेको छ । आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले मोबाइल सेवाको पछिल्लो पुस्ता फाइभजीको आन्तरिक परीक्षण सुरु गरेको हो । कम्पनीले आन्तरिक परीक्षण सुरु गरेको भएपनि तत्कालका लागि भने सर्वसाधारणले फाइभजी चलाउन नपाउने भएका छन् । फाइभजीका लागि उपलब्ध मोबाइल उपकरणहरूको इकोसिस्टम तयार भइनसकेको भन्दै तत्कालै सर्वसाधारणलाई परीक्षणकालीन सेवा नहुने बताइएको छ।
आइतबारदेखि सुरु हुने फाइभजीको ुरियल टेस्टिङु सेवा कम्पनीका सीमित कर्मचारीलाई मात्र उपलब्ध हुनेछ। यसअघि नै परीक्षण थाल्ने तयारी भएपनि फाइभजी सेट सीमित रुपमा उपलब्ध भएकाले केही ढिला भएको हो ।
फाइभजी नेटवर्कको आन्तरिक परीक्षण कम्पनीले आफ्नो बबरमहल र सुन्धारा स्थित कार्यालयबाट गर्दैछ । साथै केही समयपछी पोखरामा पनि परीक्षण थालिने कम्पनीले जनाएको छ ।