नेपालको पहिलो गभर्नर हिमालय शमशेर राणाको निधन
मेरो आर्थिक
माघ २२ गते २०७९
समयः ७:२४ am
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा मृत्यु भएको छ।
हिमालयन बैंकका संस्थापकसमेत रहेका राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।
उनको आइतबार बिहान ६ बजेर ३० मिनेटमा नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
तत्कालीन समयमा अर्थसचिव रहेका राणालाई २०१३ साल वैशाख १० गते गभर्नरमा नियुक्त गरि २०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो ।
उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गरेका थिए ।