Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

नेपाल बैंकले चैतसम्म ऋण भुक्तानी गर्दा ब्याजमा छुट

मेरो आर्थिक
मेरो आर्थिक
माघ २७ गते २०७९
नेपाल बैंकले चैतसम्म ऋण भुक्तानी गर्दा ब्याजमा छुट

ऋणीहरूलाई कर्जा चुक्ता गरे नेपाल बैंकले ब्याज छुट दिने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत मसान्तसम्म ऋण भुक्तानी गर्दा ब्याजमा छुट दिने जनाएको हो ।

‘बैंकले २०७९ को चैत मसान्त अगाडिभित्र कर्जा चुक्ता ऋण भुक्तानी गर्दा खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा रु २५ लाखसम्मका खराब कर्जा तथा उपलेखित कर्जा ऋणीहरूलाई ब्याजमा छुट सुविधा दिइने छ ।

बैंकले बक्यौता साँवा रु एक लाखसम्मका कर्जामा बाँकी साँवाको १० प्रतिशत, रु पाँच लाखसम्मका कर्जामा ३० प्रतिशत, रु १० लाखसम्मका कर्जामा ४० प्रतिशत, रु १५ लाखसम्मका कर्जामा ६० प्रतिशत, रु २० लाखसम्मका कर्जाम ७० प्रतिशत र रु २५ लाखसम्मका कर्जामा ८० प्रतिशत बराबरको रकम ब्याज लिएर बाँकी ब्याज मिनाहा गर्ने बैंकले जनाएको छ ।

Add a new comment