फागुन १५ गते २०८२ --:--:--
मेनु

ग्लोबल आईएमई बैंकले ५ वर्षे अवधिको डिबेन्चर निस्कासन गर्ने

मेरो आर्थिक मेरो आर्थिक फागुन १ गते २०७९ ६:११ AM

ग्लोबल आईएमई बैंक लिमिटेडले ५ वर्षे अवधिको ‘११.२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ बिक्री खुला गरेको छ ।

बैंकले ५ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ प्रति ऋणपत्र अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र आइतबारदेखि निस्कासन गरेको हो । निस्कासन गरिएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने र बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।
उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र निस्कासन तथा बिक्री छिटोमा ३ फागुन र ढिलोमा १४ फागुनसम्म बन्द हुने गरी तोकिएको बैंकले जनकारी दिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?