प्रेसिडेन्ट ट्राभल एण्ड टुर्समार्फत हर्ट्जको सेवा अब नेपालमा
मेरो आर्थिक
फागुन ४ गते २०७९
समयः ७:५२ am
हर्ट्जले नेपालमा सेवा विस्तार गर्ने तयारी गरेको छ । सेवा विस्तार गर्न हर्ट्जले नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टूर्स लिमिटेडलाई आधिकारिकरुपमा प्रतिनिधि नियुक्त गरेको छ ।
ट्राभल एण्ड टुरमा सफलता हात पार्दै गरेको प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले नेपालीहरुलाई विदेशका विभिन्न गन्तव्यमा भ्रमण गराउनका लागि सहकार्य गर्दै आएको जनाइएको छ । प्रेसिडेन्ट ट्राभल एण्ड टूर्सले मलेशियन एयरलाइन्स, रेलयुरोप, र सीडब्लूटीसँग सहकार्य गरेको छ भने यसले हर्ट्ज, थ्रीफिफ्टी, डलर र एस लगायतका ब्राण्डहरुसँग यो सहकार्य पछि काम गर्ने जनाइएको छ ।
साझेदारी पछि हर्ट्ज अब प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले प्रदान गर्दै आएको सुविधा नेपालीहरुको पहुँचमा हुने जनाइएको छ । यो सुविधा अनुसार अव नेपालीहरुले भ्रमण गर्दा गाडी भाडामा लिएर सुविधा प्रयोग गर्न सक्ने छन् ।
हर्ट्जका एसिया प्रशान्त उपाध्यष इयोन म्याकनिलले ‘अन्तर्राष्ट्रिय हवाई यातायात संघको मान्यता प्राप्त प्रेसिडेन्ट ट्राभल एण्ड टूर्ससँगको सहकार्यले यस क्षेत्रमा भरपर्दो सेवा र व्यवसाय विस्तारमा सहयोग पुग्ने बताएका छन् ।
प्रेसिडेन्ट ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक भोलाविक्रम थापाले हर्ट्जसँग भएको यो साझेदारीले नयाँ अवसर प्रदान गरेको र यसलाई कार्यान्वयन गर्न आफूहरु तयार रहेको बताए ।