खल्तीले आफ्ना प्रयोगकर्ताका लागि ‘इ एम आई डन – १०० % रिटर्न’ अफर पुनः ल्याएको छ। यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले आफ्नो सवारीको इ एम आई (EMI) भुक्तानी गर्दा हरेक हप्ता एक जनाले १०० प्रतिशत क्यास ब्याक (५,००० रूपैयाँको अधिकतम सीमाको साथ) प्राप्त गर्नेछन्।
यस अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एण्ड इन्भेष्टमेन्ट, स्याकार होन्डा र MAW इन्ज्भेष्टमेन्ट प्राइभेट लिमिटेडमध्ये कुनै एकको इ एम आई भुक्तानी गर्न सक्नेछन्। यो अफर बैशाख १ २०८० सम्म मान्य हुनेछ जसमा कुल ८ जनाले १०० प्रतिशत क्यास ब्याक जित्न सकिनेछ।
यसका साथै ‘खल्ती’को अर्को ठुलो अफर जस मध्ये खल्ती मार्फत फ्लाईट बुकिङ्ग गरेका भाग्यशाली बिजेतालाई १ रूपैयाँमा फ्लाईट टिकट र ‘वान प्लस ११ ’ जित्ने मौका पनि प्रदान गरि आएको छ।
हाल खल्तीका देशभरिमा ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारीहरू रहेका छन्।













