माघ २२ गते २०८२ --:--:--
मेनु

झण्डै ५ लाख युवा पहिलो ७ महिनामा विदेशिए

मेरो आर्थिक मेरो आर्थिक फागुन १० गते २०७९ ७:१५ AM
झण्डै ५ लाख युवा पहिलो ७ महिनामा विदेशिए

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा झण्डै ५ लाख युवा वैदेशिक रोजगारीका लागि विदेश पुगेका छन् । साउनदेखि माघसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने र श्रम स्वीकृति नवीकरण गर्नेको संख्या ४ लाख ८२ हजार ४७५ पुगेको छ ।

यो वर्ष ७ महिनामै नयाँ अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत लिने नेपालीको संख्या मात्रै ३ लाख १४ हजार ७६७ जना पुगेको छ । माघ महिनामा ३९ हजार १२४ जना युवा वैदेशिक रोजगारीमा नयाँ श्रम स्वीकृति लिएर गाएका छन् ।

यो अवधिमा १ लाख ६७ हजार ७०८ पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेश गएका रोजगार विभागको तथ्यांकमा देखिन्छ ।

माघ महिनामा २५ हजारभन्दा धेरै युवाले श्रम स्वीकृति नवीकरण गरेका छन् । मलेसियमा सबैभन्दा धेरै १ लाख ८२ हजार युवा कामका लागि गएको देखिन्छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको तुलनामा १ लाख ३० हजारले बढेको छ । गत वर्ष अवधिमा ३ लाख ५२ हजार ४२३ युवा विदेशिएका थिए । नयाँ श्रम स्वीकृति लिएर विदेशिनेको संख्या २ लाख १०२ मात्रै थियो भने पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ५२ हजार ३२५ थियो ।

६ महिनामा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?