बाजुरामा आज दिउँसो १ बजेर ४६ मिनेटमा भूकम्प गएको छ । गत माघ १० गते गएको भूकम्पको ठीक एक महिनापछि आज यहाँ पुनः भूकम्प गएको हो ।
हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु भएर ५ दशमलव २ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ । माघ १० गते मङ्गलबार दिउँसो ५ दशमलव ९ रेक्टरको भूकम्प गएको ठीक एक महिनामा भूकम्प गएको भूकम्पमापक केन्द्र सुर्खेतले जानकारी दिएको छ ।
सुदूरपश्चिमका जिल्ला बाजुरा, बझाङ, अछामलगायतका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पबाट प्रभावित भएका बाजुराका पीडितहरुको उचित व्यवस्थापन हुन नपाउँदै फेरि भूकम्प गएपछि यहाँका स्थानीय थप प्रभावित भएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी नै छ ।













