मनकामना केबुलकार सेवामा महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विशेष छुट
मेरो आर्थिक
चैत्र ८ गते २०७९
समयः १२:२९ pm
महालक्ष्मी विकास बैंकले केबुलकार कम्पनिसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायले मनकामनामार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रा. लि. सँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटार स्थित सञ्चालित केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले उक्त केबुलकार सेवामा १०% को आकर्षक छुट प्राप्त गर्नेछन् ।