Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

२२ अर्बको ट्रेजरी बिल बोलकबोल हुँदै

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र १३ गते २०७९

नेपाल राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोड २५ लख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । नेपाल सरकारको राष्ट्र ऋण बोलकबोल तालिका अनुसार सोमबार उक्त ट्रेजरी बिल बोलकबोल हुन लागेको हो ।

सोमबार ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै १७ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल भने नवीकरणको लागि बोलकबोल हुन लागेको हो ।

सोमबार २८ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल गर्न लागिएको केन्द्रिय बैंक्ले जनाएको छ । यस्तै ९१ दिन अवधिको ५ अर्बको नयाँ ट्रेजरी बिल जारी हुँदै भने ९१ दिन अवधिकै ६ अर्बै ५० करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुँदैछ ।

यस्तै ९१ दिन अवधिको ६० करोड रुपैयाँ बराबर र ३६४ दिन अवधिको ५ अर्ब बराबरको ट्रेजरी बिल पनि नवीकरणको लागि सोमबार बोलकबोल हुन लागेको हो ।

एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

Add a new comment