माघ २२ गते २०८२ --:--:--
मेनु

सिंगापुरलाई दियो यूएईले ४७२ रनको विशाल लक्ष्य

मेरो आर्थिक मेरो आर्थिक वैशाख १० गते २०८० १:४९ PM
सिंगापुरलाई दियो यूएईले ४७२ रनको विशाल लक्ष्य

एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४७१ रन बनाएको हो ।

यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले । २२ रनमा पहिलो विकेट गुमाएको यूएईका उनीहरुले दोश्रो विकेटका लागि २४६ रनको साझेदारी गरेको थिए ।

१७४ रन बनाएका अरबिन्दले १७ चौका र ७ छक्का हाने । वासिमले विस्फोटक ब्याटिङ गर्दै ८२ बलमा १६० रन बनाए । उनले ९ चौका र १६ छक्का हाने । आयान अफजल खानले ५० बलमा ७४ रन बनाए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?