माघ २२ गते २०८२ --:--:--
मेनु

नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकियो

मेरो आर्थिक मेरो आर्थिक वैशाख १८ गते २०८० १:०१ PM

नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ । वर्षाका कारण आज खेल रोकिएको दोस्रो पटक हो ।

खेल रोकिँदा यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको छ । नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिएका छन् । गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?