फागुन १५ गते २०८२ --:--:--
मेनु

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्बको ऋणपत्र निश्काशन गर्ने

मेरो आर्थिक मेरो आर्थिक वैशाख २२ गते २०८० ५:५४ PM
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्बको ऋणपत्र निश्काशन गर्ने

नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ४ अर्ब बढीको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ऋणपत्र निष्काशन तथा बिक्रीका लागि प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ।

ऋणपत्र निश्काशन सम्बन्धि सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्।

बैंकले एक हजार रुपैयाँ अंकित दरका १० बर्ष अवधिको बार्षिक १० प्रतिशत ब्याजदर रहेको ४० लाख ४० हजार कित्ता बराबरको ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्न लागेको हो।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?