बैंकका सीईओसँग राष्ट्र बैंकको साढे २ घण्टा छलफल
मेरो आर्थिक
वैशाख २९ गते २०८०
समयः ७:१२ am
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र गुनासो सुन्ने अधिकारीहरुसँग छलफल भएको छ । राष्ट्र बैंकले गुनासो सुनुवाइ इकाइमा गुनासो बढ्दै गएपछि राष्ट्र बैंकले वाणिज्य बैंकका सीईओ र गुनासो सुन्ने विभागीय प्रमुखसँग बिहीबार करिब साढे २ घण्टा छलफल गरेको हो ।
छलफलमा राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी, दुवै डेपुटी गभर्नर र नियमन र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सहित ४ जना विभागीय प्रमुखको उपस्थिति रहेको थियो । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेको गुनासो सुनुवाइ इकाइ गभर्नर कार्यालय अन्तरगत लगेर निर्देशकले नेतृत्व गर्नेगरी छुट्टै डिभिजनको रुपमा राष्ट्र बैंकले अगाडि बढाएको छ । यस्तोमा राष्ट्र बैंकको उक्त इकाइमा आएको गुनासोको समाधान कसरी गर्ने बैंकहरुले आएका गुनासोहरुलाई कसरी सम्बोधन गरिरहेका छन् भनेर छलफल आयोजना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकमा गुनासो सुनुवाइ इकाइको नेतृत्व निर्देशक किरण पण्डितले गरेका छन् । राष्ट्र बैंक र बैंकहरुमा एक गुनासहरु कतिपय ‘जेन्यून’ पनि हुने भन्दै त्यसलाई समाधान पनि गर्नुपर्ने भएकोले आगामी दिनमा चुनौतीपूर्ण रहेकोले कसरी जाने भनेर नै राष्ट्र बैंकले छलफल आयोजना गरेको बैंकरहरु बताउँछन् ।