Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

एनएमबि बैंक र स्मार्टच्वाइस टेक्नोलोजिबीच सम्झौता

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख ३१ गते २०८०

एनएमबि बैंक र स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडबीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ । सम्झौतामा एनएमबि बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र स्मार्ट च्वाइस टेक्नोलोजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले हस्ताक्षर गरेका छन् ।

ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्ने बैंकको लक्ष्यलाई आत्मासाथ गर्दै बैंकले ग्राहकहरूको बदलिँदो वित्तीय प्राथमिकतालाई सम्बोधन गर्न विभिन्न प्रकारका समय सान्दर्भिक योजनाहरु ग्राहकहरू माझ प्रस्तुत गर्दै आइरहेको छ । एससीटी र एनएमबि बैंकबीच भएको यस सम्झौताले ग्राहकवर्ग लाई विभिन्न डिजिटल च्यानलहरू प्रयोग गर्न प्रोत्साहन गर्दै ग्राहकवर्गहरुलाई डिजिटल प्रणाली प्रयोगमा अभ्यस्त गर्न समेत निर्णायक भूमिका खेल्न सक्ने कम्पनीको भनाइ छ ।

Add a new comment