Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

सरकारले २९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै

मेरो आर्थिक
मेरो आर्थिक
जेठ १२ गते २०८०

सरकारले आगामी जेठ १६ गते २९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट ल्याउँदै गरेको सरकारले भोलिपल्ट नै २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो । जेठ १४ गते उक्त ट्रेजरीको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले २५ अर्ब १३ करोड रुपैयाँ पुरानो नवीकरण गरेर बाँकी रहेको ४ अर्ब रुपैयाँ नयाँ जारी गर्ने जनाएको छ ।

जेठ १४ गते अर्तात् बजेटको अघिल्लो दिन, आइतबार बोलकबोल हुने ट्रेजरीका लागि दरखास्त दिन बैंकले सार्वजनिक सूचना जारी गरेको छ । जेठ १४ गते दिउँसो ३ बजेट बोलकबोल हुने ट्रेजरीका लागि सो समयभित्र आवेदन दिइसकेको हुनुपर्नेछ । कूल निष्काशन बिलमध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विनाप्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ । यसअघि बैंकले जेठ ८ गते २९ अर्ब ७३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

Add a new comment