सुनकोसीमा बेपत्ता गाडी सहित दुई शव भेटियो
मेरो आर्थिक
जेठ २३ गते २०८०
समयः ९:२७ pm
सुनकोसी नदीमा खसेर बेपत्ता भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को गाडी र दुई जनाको शव भेटिएको छ । शुक्रबार सुनकोसी नदीमा बेपत्ता भएको सीटीईभीटीको गाडी र दुई जनाको शव मंगलबार साँझ भेटिएको हो ।
प्रहरीका अनुसार शवको पहिचान भने हुन सकेको छैन । एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । सुनकोसी नदीको बहाव डाइभर्सन गरेर खोजी गरिएको जनाइएको छ ।
काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा१झ ७४६७ नम्बरको स्कारपियो शुक्रबार मध्यान्ह मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोसी नदीमा खसेको थियो । दुर्घटनामा सीटीईभीटीका प्रशासन निर्देशक भानु नगरपालिका-९ तनहुँका ५७ वर्षीय कृष्णबहादुर केसी, नीति योजना शाखाका महानिर्देशक प्रगति नगरपालिका-७ पूर्वी नवलपरासीका ५६ वर्षीय यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत इलामका ३२ वर्षीय भानु पौडेल बेपत्ता भएका थिए ।