फागुन १५ गते २०८२ --:--:--
मेनु

सन‍्‍राइज बैंकद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

मेरो आर्थिक मेरो आर्थिक जेठ २८ गते २०८० ५:१९ PM
सन‍्‍राइज बैंकद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

सामाजिक उत्तरदायित्व अन्तर्गत सन‍्‍राइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेको छ ।

निःशुल्क आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द्रपुरमा सञ्चालन गरिएको थियो । सञ्चालन भएको सो शिविरबाट २ सय ४० स्थानीय बासिन्दाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाचँ सेवाहरु लिएका थिए । शल्यक्रिया र औषधिको लागि डाक्टरको सल्लाह लिएका मानिसहरू खुसी हुँदै बैंकले सो शिविर आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?