Skip to content
logo
मंसिर ६ गते २०८१ समयः

विश्वकप क्रिकेट छनोट चरणमा नेपालको हार

मेरो आर्थिक
मेरो आर्थिक
असार ३ गते २०८०
विश्वकप क्रिकेट छनोट चरणमा नेपालको हार

विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ ।

नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि घरेलु टोली जिम्बाव्वेलाई रोक्न असफल भए ।

२९१ रनको लक्ष्य जिम्बाव्वेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो ।

हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ एक दिवसीय क्रिकेटमा तेस्रो ठूलो योगफल २९० रन बनाएको थियो ।

समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ ।

Add a new comment