फागुन १५ गते २०८२ --:--:--
मेनु

हिमालयन बैंक लिमिटेड र आरोगिन हेल्थ केयरबीच छुट सम्झौता

मेरो आर्थिक मेरो आर्थिक असार ७ गते २०८० ४:१८ PM
हिमालयन बैंक लिमिटेड र आरोगिन हेल्थ केयरबीच छुट सम्झौता

हिमालयन बैंक लिमिटेड र आरोगिन हेल्थ केयर रिसर्च सेन्टरबीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्नेबारे सम्झौता भएको ।

सम्झौतापछि उक्त हेल्थ केयर सेन्टरले प्रदान गर्दै आएको विभिन्न सेवा–सुविधाहरूमा बैंकका ग्राहकले ५ देखि ४५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

काठमाडौँको विशालनगरस्थित सो हेल्थ केयर सेन्टर र बैंक बीच भएको सम्झौता अनुसार उक्त संस्थाले हिमालयन बैंकका कार्डवाहक तथा ग्राहकहरुलाई आधुनिक प्रणालीबाट कपाल रोप्न तथा कपाल झर्न कम गर्ने उपचारमा ४५ प्रतिशत सम्मको छुट, छालाको हेरचाहमा ३० प्रतिशत सम्मको छुट, ल्याब सेवाहरूमा २५ प्रतिशत सम्मको छुट, दाँतको हेरचाह वा उपचार प्रक्रियामा २० प्रतिशत सम्मको छुट, दिवा वा २४र७ नर्सिङ केयर सेवामा १५ प्रतिशत सम्मको छुट र फिजियोथेरापीमा ५ प्रतिशतको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?