Skip to content
logo
मंसिर ८ गते २०८१ समयः

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टबिन

मेरो आर्थिक
मेरो आर्थिक
असार २१ गते २०८०
कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टबिन

देशभर सेवा दिँदै आएको कामना सेवा विकास बैंकले विद्यालयलाई डस्टबिन उपलब्ध गराएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रूपन्देहीको सिद्धार्थनगर–९ स्थित बृहस्पति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको हो ।

एक समारोहमा बैंकका शाखा प्रमुख रोशनी घिमिरेले विद्यालयका प्रधानाध्यापक युवराज उपाध्यायलाई उक्त डस्टबिन हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा बैंकका कर्मचारी साथै विद्यालयका शिक्षक,विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमसँगै आगामी दिनमा समेत बिभिन्न सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता प्रकारका सामाजिक कार्यलाई निरन्तरता दिने जानकारी बैंकले दिएको छ ।

Add a new comment