Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

हेलिकप्टर दुर्घटनामा परेका ६ जनाकै शव फेला

मेरो आर्थिक
मेरो आर्थिक
असार २६ गते २०८०
हेलिकप्टर दुर्घटनामा परेका ६ जनाकै शव फेला

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी निधन भएका ६ जनाको शव फेला परेको छ । उक्त दुर्घटनामा परेर ६ जनाको निधन भएको पुष्टि विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले गरेका छन् ।

मनाङ एयरको ९एन एएमभी कलसाइन को हेलिकप्टर बिहान १० बजेर १३ मिनेटदेखि सम्पर्कविहिन भएको र सोलुखुम्बुको लिखुपिखे वार्ड नं ५ लामजुरा नजिक भेटिएको थियो । पाइलट लगायतका अन्य पाँच जना यात्रुहरूको शव स्थानिय तथा प्रहरीले फेला परेको पनि विमानस्थलका तिवारीले जानकारी दिए । उद्धार कार्यमा २ एल्टिच्युड हेलिकप्टर परिचालन गरिएको थियो ।

खराब मौसमी अवस्थाका कारण दुर्घटनास्थलमा हेलिकप्टर अवतरण गर्न सकिएको थिएन । जसकारण उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर भकान्जे नजिकअवतरण गरिएको छ । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने पहल भइरहेको छ ।

Add a new comment