माघ २१ गते २०८२ --:--:--
मेनु

सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दाको पेसी आज

मेरो आर्थिक मेरो आर्थिक भाद्र २१ गते २०८० १०:३९ AM
सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दाको पेसी आज

सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दाको पेसी आज तोकिएको छ । यसअघि पटकपटक पेसी चढेर पनि हेर्न नभ्याउनेमा राखिएपछि मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

गत भदौ १० गते न्यायाधीश न्यायाधीश प्रेमप्रकाश पण्डितको इजलासले पेशी सूचीको ५ औं नम्बरमा परेको उक्त मुद्दा हेर्न नभ्याउने लिष्टमा राखेका थिए । जिल्ला अदालत काठमाडौंमा पटकपटक मुद्दाको पेशी सर्दै आएको छ ।

यसअघि  जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका अभियुक्त सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छोडेको थियो । ३ वर्षभन्दा बढी सजाय हुने मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने कानुनी व्यवस्था छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?