फागुन २० गते २०८२ --:--:--
मेनु

सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने सरकारको निर्णय

मेरो आर्थिक मेरो आर्थिक भाद्र २७ गते २०८० ७:५९ AM
सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने सरकारको निर्णय

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने सरकारले निर्णय गरेको छ । नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको हो ।

नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि स्वर्गीय नेम्वाङले निर्वाह गरेको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पुर्‍याएको योगदानको उच्च कदर गर्दै मन्त्रिपरिषद्‌को बैठकबाट उनको निधनमा राजकीय सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो ।

भदौ २८ गते बिहीबार नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बिज्ञप्ति मार्फत जानकारी दिएका छन् । उक्त दिन कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?