संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व।सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टिका गरिएको छ । स्वर्गीय नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
स्व।नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएका छन् ।
साथै कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, मन्त्रीहरु लगायतका नेता कार्याकर्ताहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए भने नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।













