चाडपर्व नजिकिए सँगै पितृ पक्ष शुरु भएको छ । आज अर्थात् शनिवार देखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको हो ।
आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध पञ्चाङ्गमा उल्लेख छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो ।
चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैद्धिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । जुमा आफ्ना नजिकका पितृहरुको सम्झना गरिन्छ ।













