फागुन १५ गते २०८२ --:--:--
मेनु

कुमारी बैंकद्धारा विस्तारित पाँच शाखाहरु सञ्चालनमा

मेरो आर्थिक मेरो आर्थिक असाेज १४ गते २०८० ८:५६ AM
कुमारी बैंकद्धारा विस्तारित पाँच शाखाहरु सञ्चालनमा

कुमारी बैंकले पाँच नयाँ शाखा विस्तार गरेको छ । एक साथ पाँच शाखाहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले शाखा विस्तारको क्रममा काठमाडौंको कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैँसेपाटी र टौखेल समेत गरी नयाँ पाँच स्थानमा शुक्रबारदेखि नयाँ पाँच वटा शाखाहरु सञ्चालनमा ल्याएको जनाएको हो।

बैंकले आगामी दिनहरूमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको बताएको छ । सम्बन्धित क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखाहरू विस्तार गरेको जनाएको छ ।

हाल बैंकले देशभर ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ इकाईहरूमार्फत् ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?