सानिमा बैंकले फोनपे प्रा.लि. सँगको सहकार्यमा सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ ।
जसमा पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम रु २००, विजुलीको बिल तिर्दा २ प्रतिशत वा अधिकतम रु २५ र इन्टरनेटको बिल तिर्दा २ प्रतिशत वा अधिकतम रु ५० सम्मको क्यासब्याकको व्यवस्था गरिएको छ । मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको जनाइएको छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । बैंकका अनुसार यो योजना कार्तिक मसान्त सम्म लागू हुने छ ।











