माघ २२ गते २०८२ --:--:--
मेनु

जेल जिवन बिताई रहेकी मोहम्मदीलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा

मेरो आर्थिक मेरो आर्थिक असाेज १९ गते २०८० ४:४१ PM
जेल जिवन बिताई रहेकी मोहम्मदीलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा

जेलमा रहेकी इरानी मानवअधिकारवादी नेतृ नार्गस मोहम्मदीले नोबेल शान्ति पुरस्कार जितेकी छन्। नोबेल कमिटीले मोहम्मदीलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। इरानमा महिलामाथि हुने दमनविरूद्ध उनले दिएको योगदाका लागि नोबेल शान्ति पुरस्कार दिने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ।

५१ वर्षीया मोहम्मदी अहिले जेलमा छन्। इरानी सरकारले उनलाई १३ पटक गिरफ्तार गरेको थियो भने ५ पटक दोषी ठहर गरेको थियो। हाल उनी ३१ वर्षको जेल सजाय भोगिरहेकी थिइन्।

समितिका अध्यक्ष बेरिट रेस-एन्डरसनले विजेता घोषणा गर्दै मोहम्मदीको संघर्षबारे उल्लेख गरेकी थिइन्।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?