फागुन १५ गते २०८२ --:--:--
मेनु

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महिला बाइक राइडरहरुको स्वागत कार्यक्रम सम्पन्न

मेरो आर्थिक मेरो आर्थिक असाेज २५ गते २०८० ८:१० PM
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महिला बाइक राइडरहरुको स्वागत कार्यक्रम सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा असोज २३ गतेका दिन“Stop Sexual Voilence”  भन्ने नारा बोकी सो सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ हाम्रो छिमेकी मुलुक भारतबाट सन् २०२३, अक्टोबर १ का दिन मोटरसाइकलमा नेपाल आएका दुई महिला बाइक राइडरलाई बैंकको केन्दिय कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरियो ।

सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष श्री उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत श्री सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी श्री हेमन्त कुमार प्रसादज्यूहरुद्वारा भारतबाट नेपाल आएका बाइक राइडर द्वय सुश्री स्वाती आर र सुश्री अनिता एम को एक कार्यक्रम वीच स्वागत गर्दै आफ्नो मन्तब्य व्यक्त गर्नुभयो ।
यस स्वागत कार्यक्रमले Stop Sexual Violence भन्ने नारा बोकेर हिडेका उक्त बाइक राइडरलाई प्रेरणा मिल्ने र सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?