काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याज भुक्तानी गर्दा छुटको अफर ल्याएको छ । चाडपर्वको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने अफर सार्वजनिक गरेको हो ।
आज बैंकले एक सूचना जारी गर्दै नेपालीहरुको महान चाड बडा दशैं तथा शुभ दिपावली , न्यु दया भिन्तुना र छठ पर्व आदिको उपलक्ष्यमा ब्याज भुक्तानी गर्दा भुक्तानी भएको रकममा ५ प्रतिशत छुट दिने अफर ल्याएको छ । यो योजना हाललाई २०८० कार्तिक मसान्ससम्म लागु हुने बैंकले जनाएको छ ।
बैंकले समय–समयमा आफ्ना ग्राहकहरुको सुविधाको लागि बिभिन्न अफरहरु ल्याउने गरेको छ । तोकिएको समयमा यस्ता योजनाहरुको सदुपयोग गर्न सकेमा ग्राहकलाई राम्रो फाइदा हुनेछ ।












