फागुन १५ गते २०८२ --:--:--
मेनु

ग्लोबल आईएमई बैंकको नायव सिइओमा सुमन पोखरेल नियुक्त

मेरो आर्थिक मेरो आर्थिक कार्तिक २२ गते २०८० ८:५३ AM
ग्लोबल आईएमई बैंकको नायव सिइओमा सुमन पोखरेल नियुक्त

 ग्लोबल आईएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् ।

आइतबार बसेको संचालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंकले जनाएको हो ।

पोखरेलले यसअघि आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भूमिकामा रही कार्य सम्पादन गरेका छन् । साथै रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत उनले सम्हालिसकेका छन् । पोखरेलसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?