Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

मेरो आर्थिक
मेरो आर्थिक
पौष ४ गते २०८०
नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।


आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २० पैसा र बिक्री दर १४५ रुपैयाँ ८६ पैसा रहेको छ।


बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
थप जानकारीको लागि तलको तालिकामा हेर्नुहोला:

Add a new comment