फागुन १५ गते २०८२ --:--:--
मेनु

नेपाल एसबिआई र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर बीच सम्झौता

मेरो आर्थिक मेरो आर्थिक पौष २१ गते २०८० ७:३३ AM
नेपाल एसबिआई र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर बीच सम्झौता

नेपाल एसबिआई बैंक लि र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. टिकापुर, कैलाली बीच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि मा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता सुदुरपश्चिम प्रदेश प्रमुख श्री सन्तोष कूमार भण्डारी तथा अस्पतालका अध्यक्ष श्रीमती रत्ना उपाध्याय (बजगाईँ) बीच सम्पन्न भयो । उक्त सम्झौतामा अस्पतालका तर्फबाट श्री कृष्ण प्रसाद उपाध्याय बजगाईँ तथा बैकका कर्मचारीहरुको पनि उपस्थिति थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?