फागुन १३ गते २०८२ --:--:--
मेनु

माछापुच्छ्रे बैंकद्वारा अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रम

मेरो आर्थिक मेरो आर्थिक पौष २१ गते २०८० ८:५१ AM
माछापुच्छ्रे बैंकद्वारा अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रम

माछापुच्छ्रे बैंक लिमिटेडले अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

स्थानीय सेञ्चुरी युवा क्लबसँगको सहकार्यमा आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको हो ।

होटल व्यवसायी तथा स्थानीयहरु बीच अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने क्यूआर, पीओएस, एनएफसी सेवाको महत्वबारे समेत अवगत गराइएको बैंकले जनाएको छ ।

कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरुको बारेमा सहभागीहरुलाई जानकारी प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?