समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग खेल्दै नेपाल : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग खेल्दै नेपाल

मेरो आर्थिक मेरो आर्थिक माघ १२ गते २०८०

काठमाडौं – दक्षिण अफ्रिकामा जारी आसिसी यू–१९ विश्वकप २०२४ मा नेपालले समूह चरणको आफ्नो अन्तिम खेल अफगानिस्तानसँग खेल्दैछ । नेपाल र अफगानिस्तान यू-१९ विश्वकपमा पहिलो पटक‌ एकअर्काविरुद्ध उत्रदैछन्‌ ।

नेपाल र अफगानिस्तानले आ-आफ्ना अघिल्ला दुबै खेल गुमाइसकेका छन् । आजको खेलको विजेता सुपर सिक्समा पुग्नेछ। त्यसैले दुबै टोलीका लागि खेल उत्तिकै महत्वपुर्ण रहेको छ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे हुनेछ भने सो को लागि स्टेडियम बफेलो पार्क इस्ट लन्डन चयन गरिएको छ ।

समूह ‘ डी’ को पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन पराजित नेपालले पाकिस्तानसँगको‌ अर्को खेल ५ विकेटले गुमाएको थियो ।

अफगानिस्तान पाकिस्तानसँग १ सय ८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । नेपाल र अफगानिस्तानबीचको विजेता टोली सुपर सिक्समा‌ पुग्नेछ । पराजित टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?