एकल पर्यटकको लागि मुख्य गन्तव्य बन्दै इस्तानबुल : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

एकल पर्यटकको लागि मुख्य गन्तव्य बन्दै इस्तानबुल

मेरो आर्थिक मेरो आर्थिक माघ १२ गते २०८०

काठमाडौं –विश्व नक्शामा इस्तानबुल टर्कीको सबैभन्दा ठूलो शहर हो। देशको आर्थिक, सांस्कृतिक र ऐतिहासिक केन्द्रको रूपमा सेवा गर्दै यो शहर बोस्पोरस स्ट्रेटमा युरोप र एशिया दुबैमा फैलिएको छ । टर्कीको कुल जनसंख्या १५ मिलियन को १९ प्रतिशत बासिन्दाहरू इस्तानबुलमा रहेका छन्।

पछिल्लो समय इस्तानबुल एकल यात्रीहरुका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ । हालैको सर्वेक्षणले एक्लो यात्रुहरूको लागि सबैभन्दा मनपर्ने यात्रा गन्तव्यहरू मध्ये एक रहेको बताएको छ ।

सन् २०२३ मा एकल यात्रुहरूको लागि शिर्ष २० युरोपेली शहरहरूको सूचिमा तेस्रो स्थानमा रहेको इस्तानबुलमा सबैभन्दा धेरै विदेशीहरूले भ्रमण गर्ने तथ्याङ्कले जनाएको छ ।

टर्कीको तथ्याङ्कीय संस्थानको तथ्याङ्कअनुसार सन् २०२३ मा जनवरी–नोभेम्बरमा १६ लाख पर्यटकको आयोजना गरेको थियो । जुन धेरै हदसम्म सफल देखिन्छ । यस्तो पर्यटन विकासले देशलाई आर्थिक टेवा पुग्ने विशेषज्ञको भनाइ छ ।