फागुन १२ गते २०८२ --:--:--
मेनु

भक्तपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु एक घाइते

मेरो आर्थिक मेरो आर्थिक माघ १७ गते २०८० २:४४ PM
भक्तपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु एक घाइते

भक्तपुरमा मोटरसाइकलले रोकिराखेको कारलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका–२ का २४ वर्षीय समन भुजेल रहेका छन् । गाडीसँगको ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुरथिमि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार राति ९:५० बजे मध्यपुरथिमि नगरपालिका–४ मा भुजेलको मोटरसाइकलले पार्किङ गरी राखिएको कारलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा पछाडी सवार २० वर्षीया सोफिया ठकुरी घाइते भएकी छन् । उनको भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल थिमीमा उपचार भइरहेको छ ।

भुजेलको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?