वैशाख ४ गते २०८३ --:--:--
मेनु

लाभांश वितरण नगर्ने बैंकहरूकाे संख्या ८,सूचीमा कृषि विकास पनि थपियो

मेरो आर्थिक मेरो आर्थिक माघ २६ गते २०८० २:०१ PM
लाभांश वितरण नगर्ने बैंकहरूकाे संख्या ८,सूचीमा कृषि विकास पनि थपियो

सम्पूर्ण बैङ्कहरुले लाभांश बारे जानकारी गराइसक्दा पनि केही नबोलेको कृषि विकास बैंक लिमिटेड (ADBL) ले माघ २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने भएको जानकारी गराएको छ ।

माघ २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

२० वाणिज्य बैंकहरूमध्ये हालसम्म १२ बैंकहरूले लाभांश वितरण गर्ने घाेषणा गरिसकेका छन् भने ७ बैंकहरूले लाभांश वितरण नगर्ने घाेषणा गरेका थिए। अब कृषि विकास बैंकसहित लाभांश वितरण नगर्ने बैंकहरूकाे संख्या ८ पुगेकाे छ। 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?