फागुन २३ गते २०८२ --:--:--
मेनु

कृषि विकास बैंकको वार्षिक साधारण सभाका लागि आह्वान

मेरो आर्थिक मेरो आर्थिक फागुन ८ गते २०८० ८:५७ AM
कृषि विकास बैंकको वार्षिक साधारण सभाका लागि आह्वान

कृषि विकास बैंक (ADBL) ले फागुन ३० गते आफ्नो केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा सत्रौं वर्षिक साधारण सभाका लागि आह्वान गरेको छ। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल गर्नेछ ।

त्यस्तै सभाले इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आ.व.को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सभा प्रयोजनार्थ बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ। यस अनुसार फागुन १५ गतेसम्म कायम शेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?