टी-२० आई सिरिजमा आज नेदरल्यान्ड्ससँग खेल्दै नेपाल : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

टी-२० आई सिरिजमा आज नेदरल्यान्ड्ससँग खेल्दै नेपाल

मेरो आर्थिक मेरो आर्थिक फागुन १९ गते २०८०

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपालले आजको खेल जित्नुपर्ने हुन्छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ । नेपाल आजको खेलमा विजयी हुँदा ४ अंक हुनेछ ।

आइतबार नेदरल्यान्ड्सले नामिबियालाई हराएको खण्डमा सहजै फाइनलमा पुग्नेछ । नामिबिया विजयी हुँदा भने नेटरनरेट हेर्नु पर्ने हुन्छ । नेपाल आज पराजित भए पनि फाइनल सम्भावना रहन्छ । त्यसको लागि नामिबिया अन्तिम खेलमा फराकिलो अन्तरले पराजित हुनुपर्छ ।

नेदरल्यान्ड्सले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । दीपेन्द्रले ६३ रनको इनिङ खेलेपनि जिताउन सकेका थिएनन् । अन्तिम ओभरमा १५ रन चाहिँदा सुरुवाती दुई बलमा चौका र छक्का हानेपनि त्यसपछि असफल भएका थिए । दीपेन्द्र नेपालका प्रमुख खेलाडी हुन् । बलिङमा पावर प्ले र डेथ ओभरमा उत्कृष्ट बलिङ गर्दै आएका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?